Rule 33
परियोजनास्थल वरिपरीको जग्गा प्रयोग गर्न निषेध गर्न सक्ने
(१) ऐनको दफा १६ को उपदफा (३) को प्रयोजनको लागि नेपाल सरकारले जलस्रोतको उपयोग सम्बन्धी परियोजनाको किसिम, बनोट, क्षमता आदि कुराहरूलाई ध्यानमा राखी त्यस्तो परियोजना क्षेत्रभित्रका घरजग्गा
कुनै खास कामको लागि अरू कसैले प्रयोग गर्न नपाउने गरी निश्चित दूरी तोकी निषेध गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निषेध गरिएको कुराको सूचना नेपाल सरकारले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरी सम्बन्धित परियोजना क्षेत्रको मुख्य मुख्य ठाउँ, परियोजना कार्यालय, सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका, जिल्ला विकास समिति,जिल्ला प्रशासन कार्यालय र माल वा मालपोत कार्यालयमा समेत टाँस्न लगाउनु पर्नेछ ।